Logo

स्वाभिमान लघुवित्तले गर्यो २१.५ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, ५ माघ । गत वर्षको मुनाफाबाट स्वाभिमान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २१.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको) लागि गरेर जम्मा २१.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

माघ ४ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि र राष्ट्र बैकले स्वीकृति दिएपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्