काठमाडौं, ५ माघ । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्षको मुनाफाबाट ३.४७ प्रतिशत लाभांश शेयरधनीहरुको बैक खातामा जम्मा भएको छ । साधारण सभाबाट पारित भएको उक्त लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामा सोमबार पठाउन सुरु गरेको बैंकले जनाएको छ ।
कम्पनीले हालसम्म शेयर अभौतिकरण नगराएका र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले चाडै अभौतिकरण गराइृ हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएर नगद लाभांश नि पनि अनुरोध गरेको छ ।
कम्पनीले विभिन्न समयमा जारी गरेको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गरी फिर्ता भएको लगानी हालसम्म कोही लिन नआएकोले उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाएकोले लिन बाकी लाभांश नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा सम्र्पक राख्न पनि अनुरोध गरेको छ ।