Logo

ओलीलाई साधारण सदस्यबाट किन नहटाउने ? भन्ने स्पष्टीकरण पत्र बालुवाटार पुर्याईयो



काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरुले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटाउनेबारे सोधिएको स्पष्टीकरण पत्र बालुवाटार पुर्याएका छन् । सुरेन्द्र पाण्डेको नेतृत्वमा नेताहरुले उक्त पत्र बालुवाटार पुर्याएका हुन् । त्यस स्पष्टीकरण पत्रमा ‘पार्टीको अनुशासन उल्लंघन गरेको’ आरोप लगाईएको छ । र, यस्तो अवस्थामा ‘तपाईँलाई साधारण सदस्यबाट पनि किन नहटाउने ?’ भनेर स्पष्टीकरण सोधिएको बुझिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्