Logo

प्रचण्डको भर छैन भन्दै बाबुरामले भने–‘ओलीविरुद्ध निर्णायक संघर्ष गरौं’



काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा विघटनमा अन्तरराष्ट्रिय शक्तिको पनि गलत चलखेल रहेको उनको आरोप छ । त्यस्तो चलखेल आफूहरुको बृहत्त शक्ति प्रदर्शनबाट रोक्न सकिने पनि उनले विश्वास दिलाए ।

आज (सोमबार) गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भर नभएको पनि टिप्पणी गरेका छन् । उनले दाहाललाई सत्ताको वरिपरि घुमिरहेको पनि आरोप लगाएका छन् ।

उनले प्रचण्डको भर नभएको बताउँदै भने,‘प्रचण्डको भर छैन, बिहान बोलेको बेलुकी सम्झनुहुन्न, केपी ओलीलाई किन पार्टीबाट निकाल्नु हुन्न ? तपाइँहरु (दाहाल–नेपाल) सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने अशंका छ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्