Logo

मुल्यबृद्धि भ्रष्ट सरकारको जनतामारा निर्णय होः नेबिसंघ



काठमाडौं, माघ ६ । पेट्रोलियम पदार्थमाथी भएको मुल्यबृद्धी प्रती नेपाल विद्यार्थी संघले कडा आपत्ति जनाएको छ ।नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस बिज्ञप्ति जारी गर्दै अत्यावश्यकिय उपभोग्य बस्तु पेट्रोलियम पदार्थ माथी चरम मुल्यबृद्धि गर्ने सरकारको निर्णय प्रति निन्दा र भर्त्सना गरेका छन ।

बिज्ञप्ति मार्फत भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनतामारा सरकारको जनता बिरुद्धको रबैयाको निरन्तरताको रुपमा लादिएको यो निर्णय आम नेपाली जनताको ढाड सेक्ने र चुलो बन्द गराउने नियतबाट उद्यत छ ु भन्दै महामन्त्री तिमल्सिनाले एक पछि अर्को जनबिरोधी गतिविधिमा लिप्त भ्रष्ट र प्रतिगामी सरकारको जनघाति कदम र निर्णयका बिरुद्ध शसक्त प्रतिरोध गर्न सबैमा हार्दिक अपिल गरेका छन ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ।सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।



प्रतिक्रिया दिनुहोस्