Logo

भरुवा बन्दुकसहित दुई जना पक्राउ



कैलाली, ६ माघ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित कुचैनी जंगलबाट माघ ५ गते एपीएफ टोलीले दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४० वर्षिय मंग्रु चौधरी र ६० वर्षिय कालीबहादुर सुनार छन् । उक्त जंगलमा शिकार खेलीरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४३ गण कैलालीबाट गस्तीमा खटिएको एपीएफ टोलीले उक्त भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ ।

त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट २२ वटा सिसाको गोली, बारुद जस्तो देखिने पदार्थ २ बट्टा, चक्कु १ वटा, स्क्रुड्राईभर १ वटा, ईम्प्रोभाईज केप १८ वटा र १ वटा मोवाईल सेट समेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई बरामद भरुवा बन्दुक तथा उल्लेखित सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय चौमालामा बुझाएको कैलाली प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्