Logo

गैडाको खाग तस्करीका नाइके पक्राउ



चितवन, ६ माघ । चितवन राष्ट्रिय निकुञ्जमा संचालित “अपरेशन महाहण्ट–७” मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले आइतबार गैंडाको खाग तस्करीको नाईकेको साथै खाग लुटपाटमा समेत संलग्न रहेको अभियोगमा १ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ परेका चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरका ३२ वर्षका “तारा“ भनिने बीरमान सिंह प्रजालाई कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको जनाएको छ ।

“अपरेशन महाहण्ट–७” अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्