Logo

रुसी विपक्षी नेता नाभाल्नीलाई मस्को पुगेलगत्तै हिरासतमा राखियो



एजेन्सी, ६ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई हिरासतमा लिइएको छ । जर्मनीमा लामो समयको उपचारपछि आइतबार स्वदेश फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै मस्को प्रहरीले हिरासतमा लिएको हो ।

नाभाल्नी आउने थाहा पाएपछि मस्को विमानस्थलमा उनको स्वागतका लागि हजारौं समर्थक भेला भएको थिए । तर विमानस्थलमा भीड भएको भन्दै नाभाल्नीको विमानलाई डाइभर्ट गरी शेरेमेत्येवो विमानस्थलमा अवतरण गराइएको थियो । हिरासतमा लिइनुभन्दा केही मिनेटअघि नाभाल्नीले सञ्चारमाध्यम र आफ्ना समर्थकसँग भने, ’मलाई थाहा छ कि म सही छु । मलाई कुनै कुराको डर छैन । ममाथि लगाइएका सबै आपराधिक मुद्दा झूटा हुन् ।’

पछिल्लो समय रुसी अधिकारीहरुले नाभाल्नीविरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको र उनी छिट्टै जेल जान सक्ने चेतावनी दिइरहेका थिए। नाभाल्नीले ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । तर नाभाल्नीले भने ती सबै आरोप आधारहीन भएको र उनलाई फसाउन हल्ला फैलाइएको बताउँदै आएका थिए । रुसी अधिकारीले नाभाल्नीलाई डिसेम्बरमै हाजिर हुन निर्देशन दिएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot