काठमाडौं, ७ माघ । मालपोत कार्यालय लगनखेलमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठसमेत २ जनालाई अख्तियारले रकमसहित नियन्त्रणमा लिएको छ । नायब सुब्बा श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठले सेवाग्राहीसँग आवश्यक भन्दा धेरै रकम मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
दुई जनाले सेवाग्राहीसँग जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि ४० हजार रकम माग गरेर लिइसकेको अवस्थामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथि थप अनुसन्धान भैरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाएका छन् ।