Logo

सरकारले गर्यो होटलको वर्गिकरण



काठमाडौं, ७ माघ । सरकारले होटलहरुको वर्गिकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एकतारे होटलदेखि पाँचतारे होटलहरुको वर्गिकरण गरेको हो ।

होटल, लज, रेष्टुराँ, बार तथा पथ पदर्शक नियमावली २०३८ मा दिएको अधिकारको प्रयोग गरेर होटलहरुको वर्गिकरण गरेको जनाएको छ । नयाँ नियमअनुसार होटलले दिने २४ सै घन्टा सेवा दिनुपर्छ ।

काठमाडौं उपत्यकाका होटलहरुमा २० देखि १५० ओटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने भनिएको छ । त्यस्तै, पाँचतारे डिलक्स होटलमा १५० ओटा सुत्ने कोठा, पाँचतारा स्तरको होटलमा १ सय कोठा, चार तार स्तरका होटलमा ८० कोठा, तीनतारा स्तरका होटलमा ६० ओटा कोठा, दुई तारास्तरका होटलमा ४० कोठा र एकतारामा २० ओटा सुत्ने कोठा हुनुपर्ने अनिवार्य गरिएको छ ।

मन्त्रालयले उपत्यका बाहिरका होटलको हकमा भने क्रमश १००, ८०, ६०, ४५ , ३० र १५ हुने पर्ने अनिवार्य व्यवस्था गरेको छ । पाँचतारे डिलक्स होटलदेखि एकतारे होटलहरुमा क्रमश ४०, २५, १५, १०, ५ ओटा सवारी अट्ने पार्किङ व्यवस्था हुनुपर्ने नयाँ व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्