काठमाडौं, ७ माघ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ । कम्पनीले पुस २७ गते सभाले पारित गरेको चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको हो ।
इन्स्योरेन्सले हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर पेश नगरेका शेयरधनीहरुलाई हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आइपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंकको खाता नम्बर अपडेट गराउन पनि आग्रह गरेको छ ।
कम्पनीले पुस २६ गतेसम्म कायम भएका शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि ऋण लिएका शेयरधनीहरुहलाई बैंकको फुकुवा पत्र प्राप्त भएपछि मात्र खातामा नगद लाभांश जम्मा गरिदिने बताएको छ ।