Logo

भोली नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा, १८.५० प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं ७ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा आगामी भोली दरबारमार्ग स्थित बैंकको केन्द्रिय कार्यालयमा हुने भएको छ । बिहान १० बजे बोलाएको सभाले १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतिशत पारित गर्ने जनाएको छ ।

सभाले अन्य कुनै वित्तीय संस्थालाई मर्जर गर्ने सम्बन्धि सबै अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ ।

सभा प्रयोजनार्थ बैंकले पुस २२ गते देखि माघ ८ गतेसम्म बुक क्लोज रहेको जनाएको छ । पुस २१ गतेसम्म कायम भएका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्