Logo

१४ वर्ष जेल बसेको गफ हाँक्छ भनेपनि यो देशमा तानाशाहलाई कुनै स्थान् छैन् : नेपाल



काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशले अब कुनैपनि तानाशाहलाई कुनै स्थान् नभएको स्पष्ट पारेका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण पनि नभएको जिकिर गरे । उनले पार्टीको साधारण सदस्यबाट पनि ओलीलाई निश्कासन गर्न गएको जानकारी दिए । उनले भने,‘आजै हामी चिठ्ठी लेखेर केपी ओलीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्यबाट हटाउन गैरहेका छौं ।’ ओली सबै ठाउँमा अल्पमतमा परेको उनको दाबी छ ।

https://www.facebook.com/SungavaTelevision/videos/211114610689265



प्रतिक्रिया दिनुहोस्

Screenshot