Logo

गुप्ताङ्गमा लागूऔषध लुकाई छिपाइ ल्याउदै गर्दा…



काठमाडौं, ८ माघ । लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ मेचीपुलबाट २० ग्राम अवैध लागूऔषध खैरो लिसाइलो पदार्थ ब्राउनसुगर सहित कमल गाउँपालिका–६ बस्ने २० वर्षीय नबराज भट्टराई बुधबार दिउँसो पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गुप्ताङ्गमा लुकाई छिपाइ ल्याउदै गरेको उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

त्यस्तै, इलाम नगरपालिका–९ सुकीलुम्बा बस्ने ५५ वर्षीया नरमाया खाती र उनकै छोरी ३० वर्षीया चन्द्रकला खातीलाई करिब ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खठिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्