Logo

सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले बढ्यो



काठमाडौं, ८ माघ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षमा २७.२५ प्रतिशत नाफा बढेको छ । सार्वजनिक भएको बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको आवको नाफाको तुलनामा यो वर्ष ८७ करोड ५१ लाख भन्दा बढी पुगेको हो ।

बैंकले ग्राहकहरुलाई वस्तु तथा सेवा खरिद गर्न सजिलो हुने उद्देश्यले ‘इन्स्टा बाई’ नयाँ योजना संचालन गरेको छ । बैंकले देशभरका जुनसुकै मर्चेन्टहरुमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार देखि २ लाख ५० हजार सम्म भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा परिर्वतन गर्नलाई ‘इन्स्टा बाई’ योजना पनि संचालनमा ल्याएको छ ।

गएको वर्षमा कम्पनीले ६८ करोड ७७ लाख नाफा गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ब्याज आम्दानी र संचालनमा नाफामा बृद्धि भएको हो ।

बैकले आफ्नो बैंकको एटिएम कार्डमा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्टेरो र सिरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्