Logo

वरियाता सुधार र जित अबको लक्ष्य : मुख्य प्रशिक्षक डेभ वाटमोर



माघ ८, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपाली टिमको वरियता सुधार गर्नुमै आफ्नो ध्यान केन्द्रीत रहने बताएका छन् । बिहीबार काठमाडौंमा संचारकर्मीसंगको अन्तक्र्रियामा उहाले आफ्नो अनुभव नेपाली क्रिकेट विकास र नेपाली टिमको वरियता सुधार गर्नुमै केन्द्रीत गर्ने बताएका हुन् ।

एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्ने मुख्य लक्ष्य हुने उनको भनाई छ । वाटमोरले आफू च्यालेन्ज स्वीकार गरेर नै नेपाल आएको तर्क गरे । उनले एक बर्षमा टिम खेल्नलाई मात्रै नभई अब जित्नका लागि पनि मैदान उत्रने प्रतिक्रिया दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले गत पुस २ गते वाटमोरलाई एक बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए ।



प्रतिक्रिया दिनुहोस्