Logo

नेपाल र इजरायलबीच कामदार लैजाने ‘प्रोटोकल’ मा हस्ताक्षर



काठमाडौं, माघ ९। नेपाल र इजरायलबीच कामदार लैजाने प्रोटोकलमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले बिहीवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै तत्कालका लागि ५ सय नेपाली नागरिक इजरायलमा केयर गिभरका रूपमा काम गर्न जाने बाटो खुलेको छ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्न बिहीवार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिने बताए । श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषिक्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गरेका थिए । यसअघि भएको श्रमसम्बन्धी सम्झौतामा इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य र इजरायली विदेशमन्त्री गाबी अश्केनाजीले हस्ताक्षर गरेका थिए ।

आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्