Logo

बुद्ध एयरले दुईओटा एटीआर जहाज ल्याउँदै



काठमाडौं, माघ ९ । कोरोना भाइरस संक्रमणकै बीच निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले दुईओटा एटीआर–७२–५०० जहाज ल्याउँदै छ ।बन्दाबन्दी र निषेधाज्ञापछि नेपालमा उडान खुला गरेको १०० दिनमै उल्लेख्य यात्रुलाई सेवा दिएको सो कम्पनीले शुक्रवार एउटा विमान भित्र्याउँदै छ । अर्को विमान ३ महीनाभित्र ल्याउने तयारी गरेको छ ।

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान खुला गरेयताका १०० दिनमा नै ३ लाख ७५ हजार यात्रुलाई बुद्ध एयरले सेवा दिएको थियो । यो अवधिमा यात्रुकै विश्वासले उल्लेख्य उडान गर्न सफल भएकाले हालकै गन्तव्यमा थप उडान गर्न जहाज थप गरिएको कम्पनीका बजार तथा विक्री निर्देशक रूपेश जोशीले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्