Logo

न्यायालयप्रति विश्वासः पौडेल



काठमाडौं, माघ ९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र नागरिक सर्वोच्चताको रक्षा गर्न न्यायालय निष्पक्ष तथा स्वतन्त्र हुने विश्वास व्यक्त गरेका छन् ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि काँग्रेसले चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको सन्दर्भमा बिहीबार देशभरका वडामा प्रदर्शन गरेको हो । कुल छ हजार ७४३ वडामा विरोध प्रदर्शन गरेको काँग्रेसले वडास्तरको कार्यक्रमलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने क्रममा नेता पौडेलकोे काँग्रेस स्वतन्त्र न्यायालयप्रति अटल विश्वास रहेको बताए ।

प्रतिनिधि सभा विघटनविरुद्ध बिहीबार बालाजुमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले जनताको विश्वास र जनमतबाट पाँच वर्ष सरकार चलाउनभन्दा पनि घात गर्ने कदम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाए ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot