Logo

सांसद किनबेचको खेल भएपछि संसद् विघटनः प्रधानमन्त्री ओली



काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल शुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएको बताएका छन् । उनले सांसद किनबेचनको खेललाई रोक्न संसद् भंग गरेर ताजा निर्वाचनमा जान लागेको बताएका हुन् ।

आफ्नो समूह निकट प्रेस संगठन नेपालको भेलालाई बिहीबार सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा सरकार दृढतापूर्वक लागेको जनाए । ‘हामी रातो झण्डा फहराउनेवालाहरु हौं । काला झण्डा बोकेर हिँड्नेवाला होइनौं ।’ ओलीले भने, ‘हामी उज्यालो र चम्किलो भविष्यको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौं । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्