Logo

सुनको मुल्यमा गिरावट



काठमाडौं, ९ माघ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मुल्य ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । हिजो ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी तोलामा १५ रुपैयाँले घटेर शुक्रबार १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर १२७५ रुपैयाँका खरिद बिक्रि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्