Logo

सशस्त्र प्रहरीको टोलीद्वारा लागूऔषधसहित पक्राउ



मोरङ, ९ माघ । सशस्त्र प्रहरीको टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बिराटनगर महानगरपालिका १६ स्थित हुलास चोकबाट माघ ८ गते सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही महानगरपालिका १५ बस्ने २२ वर्षिय आशिष परियार छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले
निज परियारलाई शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ७ वटा, डाईजाल्याव ८ वटा, फेनारजन ३ वटा र एभी ८ वटा फेला परेपछि पक्राउ गरिएको
हो ।

एपीएफ टोलीले त्यसवेला उनको साथबाट एक थान एलईडी टि.भी. समेत बरामद गरेको छ । पक्राउ परेका निज परियारलाई बरामद लागूऔषध तथा टि.भी.सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।



प्रतिक्रिया दिनुहोस्