तान्डव शब्द शिवसँग जोडिएको छ । ताण्डवको अर्थ उग्र तथा औद्वत्यपुर्ण क्रियाकलाप वा स्वच्छन्द क्रियाकलाप । ताण्डव भगवान शंकरद्वारा गरीएको अलौकिक नृत्य हो ।
शास्त्रअनुसार शिवजी लाई ताण्डवको नृत्यका प्रवर्तक मानिएको छ । तर अन्य ग्रन्थमा भने गणेश, भैरव, श्रीराम आदिलाई ताण्डवका प्रर्वतकको रुपमा उल्लेख गरिएको छ ।
रावणले.आफ्नो आराध्य शिवको स्तुतिमा ‘शिव ताण्डव स्तोत्र’को रचना गरेका थिए । रावणको भवन पुजन समाप्त भएपछि शिवजीले महिषासुरलाई मारेपछि दुर्गा माताले, गजमुखलाई पराजय गरेपछि गणेशजीले, ब्रह्माको पंचक मस्तकको छेदबाट आदिभैरवले तथा रावणको हत्याको समयमा श्रीरामले ताण्डव नृत्य गरेका थिए ।
शिवको ताण्डव नृत्यः भगवान शिवले दुई स्थितिमा ताण्डव नृत्य गर्दथे । पहिलो स्थिति उनी क्रोधित हुँदा बिना डमरुसँग तान्डव नृत्य गर्थे । ताण्डव नृत्य गर्दा उनी क्रोधमा आउथे र उनको तेस्रो आँखा खोल्थे । तेस्रो आँखा खोल्दा उनको अगाडी जो छ ती मानिस भष्म हुन्थे । अर्को जब कर्त हुन्थे, जहाँ डमरु बज्थ्यो उनी ताण्डव नृत्य गरिहाल्थे । यसको अर्थ आनन्दित हो । प्रकृतिमा आनन्दको वर्षा हुन्छ । यो समयमा शिव परम आनन्द लिएका हुन्थे । नटराज शिवको रुप हो, जब शिव ताण्डव गदर्थे त्यतिबेला उनको रुपलाई नटराज भनिन्थ्यो ।
अर्को मान्यता अनुसार शिवले ताण्डव नृत्य गरेर सृष्टिलाई भष्म गरेका थिए । त्यसपछि महाशिवरात्री चाडको रुपमा मान्न थालिएको हो । देवी पार्वतीले यो रातमा शिवको पुजा गरेर पुनः सृष्टिको रचनाको प्राथना गरेकी थिइन् । यसैले शिवलाई पुजाको रात्रि भनिएको हो । फेरी यहि रातमा भगवान शंकरले सृष्टि उत्पत्ति गर्ने इच्छाले स्वयंलाई ज्योर्तिलिंगमा परिर्वतन गरेका थिए ।
भगवान शिव जब हिमालयमा ज्ञान प्राप्त गर्दै थिए, ज्ञानको आनन्द लिदै उनी झुमेर नृत्य गरेका थिए । यस समयपछि नृत्यलाई ताण्डव नृत्य भन्न थालियो ।
शिवजीको साथ काली माता थिइन् । उनीबाट नै ताण्डव सिक्ने क्षमता शिवले राखेका थिए । पछि देवी पार्वतीले यो नृत्य बाणासुरको छोरीलाई पनि सिकाएकी थिइन् ।