Logo

शान्ति र प्रगति अमेरिकाको प्राथमिकता



काठमाडौं, माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले भेट गरेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति जोसेफ रोबिनेट बाइडनले कार्यभार सम्हालेपछि राजदूत बेरीले गरेको यो पहिलो भेट हो ।

भेटमा अमेरिकाको नवनियुक्त राष्ट्रपति बाइडेनको प्राथमिकताबारे अवगत गराईएको छ। राष्ट्रपति बाइडेनको शान्ति, प्रगति र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार रहनेमा उनको जोड रहेको छ । राष्ट्रपति बाइडेनले बुधबार कार्यभार सम्हालेका थिए ।

अमेरिकासँग नेपालको नयाँ साझेदारीका सम्भावनाका विषयमा समेत छलफल भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले नयाँ राष्ट्रपतिको आगामी कार्यदिशा र सहकार्यका कार्यसूची बारेमा राजदूत बेरीसँग परामर्श गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot