Logo

बेत र निगालोका सामग्रीको माग बढ्दो



सुर्खेत, माघ ११ । कर्णाली प्रदेशमा बेतबाँस तथा निगालोका सामग्रीको माग बढ्दो छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइएका सामग्री बलियो, टिकाउ हुने भएकाले बजारमा यसको माग बढेको हो ।

बजारको मागलाई पूर्ति गर्न सुर्खेतका दुईवटा सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई भैरव बेतबाँस उद्योगले बेतबाँस तथा निगालोको सामग्री उत्पादन गर्ने तालिम दिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ का भैरव सामुदायिक वन र जनजागरण सामुदायिक वनमा आबद्ध करिब २० महिलालाई उद्योगले नगरपालिका तथा स्याक नामक संस्थासँग समन्वय गरी एक महिने तालिम दिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बेतबाँस र निगालोका सामग्रीको माग अत्यधिक भएकाले तालिम लिएकालाई ती सामग्री उत्पादन गर्न सुझाव दिए ।

वडा नं। ४ का वडाध्यक्ष नीलकण्ठ खनालले बाहिरबाट आउने सामग्रीलाई अब बेतबाँस र निगालोका सामग्रीले प्रतिस्थापन गर्नुपर्ने र त्यसका लागि बजारको चिन्ता नगर्न आग्रह गरका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्