काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको टिप्पणी गरेका छन् । उनले पहिलो मर्मत नगरी चुनावको गाडी कुदाउने रहले झन ठूलो दुर्घटना ल्याउने पनि बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् ।
भट्टराईले लेखेका छन्–‘ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।२०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाॅदा बिपीले खाएको धोका नबिर्सौं!२०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं!”