Logo

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या



मोरङ, ११ माघ । बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–२ सिरुझारका ५० वर्षीय डिक बहादुर राई शुक्रबार दिउँसोे पक्राउ परेका हुन् ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्