Logo

महिलालाई जबरजस्ती गरेपछि…



काठमाडौं, ११ माघ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी बस्ने रामेछापका ५१ वर्षीय भरत बोहोरा शनिबार बेलुका पक्राउ परेका हुन् ।

भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले रामेछाप मन्थलीबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, म्याग्दीमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका–७ खिवाङ स्थायी वतन भई मालिका गाउँपालिका–१ निस्कोट बस्ने ३३ वर्षीय कृष्ण बहादुर बिकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कृष्ण बहादुरले ती बालिकालाई यही शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्