Logo

लागूऔषध सहित ४ जना पक्राउ



काठमाडौं, ११ माघ । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–५ जिरो किलोबाट अवैध लागूऔषध ४ किलो गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१ बगर बस्ने कपिलवस्तुका २२ वर्षीय अर्जुन घर्ती मगर र स्याङ्जा पुतली बजारका २२ वर्षीय सफल ढकाल रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, कञ्चनपुरको भिमदत्त तुमनाडीबाट ७ ग्राम ४ सय ९० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० सुकासाल बस्ने ३५ वर्षीय बिनोद चन्द र सोही नगरपालिका–५ बस्ने २४ वर्षीय सुवाश लुहार रहेका छन् ।

लागूऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सीमा प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्