Logo

देउरानीद्वारा जेठानीको हत्या



दाङ, ११ माघ । कुटपिट गरी हत्या गरेको अभियोगमा शनिबार एकजना पक्राउ परेका छन् । तुलसीपुर मोतिपुरका ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्