Logo

आरएसडिसी लघुवित्तको लाभांश आजबाट शेयरधनीको खातामा



काठमाडौं, ११ माघ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । पुस २४ गते बसेको साधारण सभाले पारित गरेको ३.६३ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको खाता नम्बर अनुसार रकम जम्मा गरेको कम्पनीले जनाएको छ ।

पुस ९ गते सम्म र उक्त मिति पछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत नगद लाभांश बैंक खातामा जम्मा गरिदिने कम्पनीले जनाएको छ । लघुवित्तले हालसम्म बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा हितग्राही खाता खोलेको सम्बन्धित सदस्यमा सम्र्पक गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध समेत गरेको छ ।

कम्पनीले पुस ९ गते सम्म कायम भएका शेयरधनीहरुले आफ्नो शेयर प्रमाणहरु धितोमा राखि ऋण लिएका शेयरधनीहरुलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा प्राप्त भएपछि मात्र खातामा लाभांश जम्मा गरिने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्