Logo

भारतमा उत्पादित कोरोना भ्याक्सिन खुल्ला रुपमा तरुन्तै उपलब्ध नहुने



एजेन्सी, ११ माघ । भारतमा उत्पादिन दुई कोरोना खोप उत्पादक कम्पनीको खोपलाई खुल्ला रुपमा बजारमा बेच्न नपाउने भएको छ । कम्पनीको खोपलाई खुल्ला रुपमा बजारीकरण नगर्न भारतीय स्वास्थ्य सचिव राजेश भुसनले शुक्रबार जानकारी दिएका हुन् ।

भारतीय ड्रग कन्ट्रोलर खोपलाई बजारमा प्रयोग गर्न स्वीकृती नदिएसम्म उक्त खोपहरुलाई बजारमा बेच्ने नपाइने भुसनले जनाएका छन् । भुसनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘भारतमा कहिलेसम्म भ्याक्सिनेशन प्रोग्रोम चल्छ भने विषयमा टुङगो लगाउन सकिन्न । तर, तत्काल यसको प्रयोग बजारमा गर्न पाइदैन् ।

भारत सरकारले अग्रपङितमा खटिएका व्यक्तिहरुलाई सात–आठ महिनासम्म ध्यान दिने जनाइएको छ । भारतीय खोपहरुलाई आपत्तकालिन प्रयोग गर्न अनुमति दिएपनि उक्त खोपहरुलाई बजारीकरण गर्न पाउने छैन् । बजारीकरण गर्न अघि उक्त खोपको परिक्षण आवश्यक रहेको छ ।’

खोप उत्पादन कम्पनीहरुले डाटालाई ड्रग रेगुलेटरलाई पठाउन समय तोकेको भुसनले जनाएका छन् । तेस्रो चरणको डाटाका अनुसार उक्त खोपलाई बजारीकरण गर्न अनुमति दिइने जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot