Logo

रुसले कोरोना भाइरसविरुद्ध ७६ लाख डोज भ्याक्सिन निर्माण गर्यो



एजेन्सी, ११ माघ । रुसले ७६ लाख कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्र्माण गरेको छ । ७६ लाख मध्ये २१ लाख डोज रुसको अन्य क्षेत्रहरुमा पुर्याइसकेको रुसका उप–प्रधानमन्त्री तातयाना गोलीकोभाले जानकारी गराएकी हुन् ।

उप–प्रधानमन्त्रीको भनाईलाई सञ्चारमाध्यम तासले उदृत गर्दै लेखेको छ,‘रुसले अहिलेसम्म ७६ लाख कोरोनाविरुद्वको खोप निर्माण गरेको छ । त्यसमध्ये २१ लाख डोज अन्य क्षेत्रहरुमा पठाइसकेका छौँ । सुरक्षा र प्रभावकारिताको कारण निर्माण भएको खोप विभिन्न समयमा उत्पादन गरिएको हो ।

निर्माण भएको खोपहरु क्वालीटी कन्ट्रोलबाट अनुमति समते पाइसकेको छ ।’ थप खोपको निर्माण अगामी साता देखि सुरु हुने समेत उनले बताइन् । रुसमा मास भ्याक्सिनेशन जनवरी १८ देखि सुरु भइसकेको छ ।

भ्याक्सिनेशन प्लान अन्तरगत १ करोड ७० लाख डोज २०२१ कोे पहिलो त्रैमासिकमा स्वास्थ्य निकायमा पर्याउने समेत जानकारी दिएकी छिन् । सबै कुरा मिल्दै गयो भने २ करोड रुसी नागरिकलाई खोप लगाउने समेत जनाइन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot