Logo

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, ११ माघ । गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको लाभांश आज सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी तीन कम्पनीका लाभांश सुरक्षित गर्ने दिन आइतबारसम्म मात्र रहेको छ । सेन्ट्रल फाइनान्सले शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्नलाई माघ २३ गते साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरणको लागि माघ १२ गतेबाट २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यसैगरी, गरिमा विकास बैंकले १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पोखरामा हुने साधारण सभाले पारित गर्ने भएको छ । सभा तथा लाभांश वितरणको लागि माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

त्यस्तै, एनआरएनस इन्फ्रास्ट्रक्चरले ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ २५ गते साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १२ गतेबाट बुक क्लोज गर्ने भएकोले माघ ११ सम्म शेयर कायम गर्नुपर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्