Logo

पाकिस्तानले रुसी खोप प्रयोगमा ल्याउने



एजेन्सी, ११ माघ । पाकिस्तानमा रुसमा बनेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउने भएको छ । रुसी खोप स्पुतनीक भीलाई पाकिस्तानको ड्रग रेगुलेटरले कोरोना भाइरसविरुद्व आपत्तकालिन प्रयोग गर्न अनुमति दिएको छ ।

खोपलाई पाकिस्तानी निकायले शुक्रबार प्रयोग गर्न अनुमति दिएको हो । ड्रग रेगुलेटरका अधिकारीको भनाइलाई टाइम्स अफ इन्डियाले उदृत गर्दै लेखेको छ,‘ शुक्रबार ड्रग रेगुलेटरको २९९ औ बैठकमा कोरोना विरुद्व आपत्तकालिन प्रयोग गर्न स्पुतनीक भीलाई अनुमति दिइएको छ ।

पाकिस्तानी स्थानीय फार्माले खोपको रेजिस्ट्रेशन, मार्केटिङ्ग र वितरणका लागि एप्लाई गरिसकेको छ ।’ खोप अगामी साता पाकिस्तान भित्रिने भएको जनाइएको छ । गत साता पाकिस्तानी ड्रग रेगुलेटरले एस्ट्रेजेनेका र चीनको सिनोफार्मलाई आपत्तकालिन प्रयोग गर्न अनुमति दिइसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot