Logo

एनआइबीएल र सिटीको एकीकृत कारोबार आजबाट सुरु



काठमाडौं, ११ माघ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडबीच आजदेखि एकिकृत कारोबार सुरु भएको छ । अहिले तत्काल दुई कम्पनीबीचका संयुक्त कार्यहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट मात्र कारोबार हुने बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैेंकका ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरू रहेका छन् ।

फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ धेरै पटक अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशनबाट ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपालले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot