Logo

बजेटको अर्धवार्षिक समीक्षाः सूचकांकहरू कमजोर तर वार्षिक लक्ष्यहरू हेरफेर गरिएन



काठमाडौं, माघ १२। कोरोना महामारीले मुलुकको अर्थतन्त्र नै शिथिल भइरहेका बेला सरकारले वार्षिक लक्ष्य हेरफेर नै नगरी चालू आर्थिक वर्ष (आव) २०७७र७८ का लागि ल्याएको बजेटको अर्धवार्षिक समीक्षा गरेको छ ।

अघिल्ला वर्षहरूमा विशेष समहारोहका बीच अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्ने गरे पनि यसपालि सरोकारवाला मन्त्रालयका सचिवहरूलाई राखेर अर्थमन्त्री विष्णु पौडेलले आइतवार बजेटको अर्धवार्षिक समीक्षा गरे ।

कोरोना महामारीले अर्थतन्त्र अप्ठ्योरामा परेको र सरकारले बजेटमार्फत लिएका लक्ष्यहरू पूरा हुनै कठिन देखिए पनि बजेट समीक्षामार्पmत अर्थमन्त्री पौडेलले सूचकांकहरू हेरफेर गर्न इच्छा देखाएनन् ।

बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री पौडेलले खर्चमा शिथिलता आउनुमा विकास बजेट खर्च गर्ने मन्त्रालयहरूको कमजोरी रहेको बताउँदै जवाफदेहीबाट पन्छिन खोजेका छन् ।

उनले बजेट खर्च गर्न कर्मचारी चुकेको भन्दै आलोचना गरे । मन्त्री पौडेलले कोभिड–१९ को महामारीका बेला पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकासका कामका साथै पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले सहजीकरण र छलफल गरेको भन्दै नीतिगत निर्णय र निर्देशनको अभावमा मात्र पूँजीगत खर्च कम नभई सम्बद्ध निकायको क्रियाशीलतामा कमी आएको बताए । उनले कोरोनाले असर गरेको समग्र अर्थतन्त्र सरकारले ल्याएको बजेटबाटै उकासिने दाबी गरे ।

बजेट कार्यान्वयनमा चुनौतीका चाङ
अर्धवार्षिक समीक्षामार्फत अर्थ मन्त्रालयले बजेट कार्यान्वयनमा चुनौतीको चाङ नै देखाएको छ ।

समीक्षाका क्रममा अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका क्रममा गैरबजेटरी माग, थप निकासा माग, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानूनको परिपालनामा बेवास्ता, बजेट विनियोजनमा पर्याप्त ध्यान नदिने र रकमान्तर तथा कार्यक्रम संशोधनको दबाब, बजेट तर्जुमाका बखत ध्यान नपु¥याएको, वैदेशिक सहायता स्रोत परिचालनमा अनिच्छा, शोधभर्ना मागमा बेवास्ता चुनौतीका रूपमा हेरेको छ ।

त्यस्तै, बजेट कार्यान्वयनका प्रमुख चुनौतीहरूमा कार्यविधि, मापदण्ड, निर्देशिका तर्जुमा गर्न ढिलाइ, विनियोजन ऐन र बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनको कमजोर परिपालना, बजेटरी सहायतासँग जोडिएका नीतिगत सुधारका क्षेत्रमा असहयोग, खर्चसम्बन्धी मापदण्ड उल्लंघन गर्ने परिपाटी, बजेट बाँडफाँटमा ढिलाइलाई प्रमुख कारणका रूपमा लिएको छ ।
निर्वाचन र कोभिड–१९ विरुद्ध खोप आपूर्तिजस्ता आकस्मिक खर्चको दबाब, संगठन संरचना र दरबन्दी विस्तार गर्ने होडबाजी, आयोजना वर्गीकरणसम्बन्धी मापदण्डको उल्लंघन, राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनाबाट रकमान्तर प्रस्तावलगायतलाई पनि बजेट कार्यान्वयनका लागि चुनौती रहेको अर्थ मन्त्रालयले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्