Logo

बहुविवाह र सवारी ज्यान मुद्धामा सम्लग्न २ जना पक्राउ



झापा, १२ माघ । बहुविवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । बहुबिवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–११ बस्ने ३१ वर्षीय बाबुल राजबंशी र दमक नगरपालिका–१ बस्ने ३२ वर्षीय सन्तोष रामदान रहेका छन् । बाबुललाई जिल्ला अदालत झापाको २०६८ फागुन २८ गतेको फैसलाले बहुबिवाह मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।

यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको २०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्धामा १३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय भएको थियो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्