Logo

चोरीका सामानसहित पक्राउ



कास्की, १२ माघ । चोरीका सामान सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको विभिन्न समान सहित पोखरा बिजयपुर बस्ने पर्वत कुश्मा घर भएका २६ वर्षीय किशोर शर्मा बुधबार पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–५ धारापानी मार्ग बस्ने गिता भुजेलको कोठाबाट माघ ६ गते दिउँसो औठी, सिक्री, मंगलशुत्र लगाएत बिभिन्न गहना चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न शर्मालाई पक्राउ गरेको हो ।
शर्माको साथबाट सुनको ३ थान तिलहरी, २ थान मंगलशुत्र, औंठी, सिक्री, मुन्द्रा, ग.१३ प ३७४७ नम्बरको स्कुटर, फलामको रड, कम्पास जस्तो देखिने फलामको टुक्रा र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।

उनीमाथि चोरी तथा डाँका सम्बन्धि कसूर (नकबाजी चोरी) मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्