Logo

कुमारी बैंकले गर्यो दोस्रो त्रैमासमा एक अर्ब भन्दा बढी नाफा



काठमाडौं, १२ माघ । कुमारी बैंक लिमिटेडले चालु वर्षको दोस्रो त्रैमासको अपरिष्कृत विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले दोस्रो त्रैमासमा १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकले गरेको यो नाफा गएको आवको तुलनामा उक्त अवधिको तुलनामा ४१ करोड ३५ लाख रुपैयाँ (५१.४९) प्रतिशत धेरै हो । विवरण अनुसार समिक्षा अवधिमा खुद ब्याज आम्दानी ३७.०१प्रतिशत बृद्धि भएर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । बैंकको मुनाफा ५३.४७ प्रतिशत बृद्धि भई १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्