Logo

टि प्लस टु लागुभएपछि शेयर हस्तान्तरण र रकम भुक्तानी गर्न आग्रह



काठमाडौं, १२ माघ । हिजोबाट शेयर कारोबारमा टि प्लस टु लागु भएपछि लगानीकर्ताहरुलाई शेयर हस्तान्तरण र रकम भुक्तानी गर्न ब्रोकर एशोशियसनले अनुरोध गरेको छ ।

धितोपत्रको बिक्रि गरेपछि आफुले बिक्रि गरेको धितोपत्रको औसत लागत गणना गर्ने र बिक्रि गरेको धितोपत्र कारोबार भएको दिन बाहेक थप एक कार्यदिनमा कार्यालय समयभित्र सम्बन्धित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्तरण गर्न एशोशियसनले अनुरोध गरेको हो । धितोपत्र विक्रि गरेको भोलीपल्ट १२ बजेभित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्रतण नभएमा धितोपत्र बिक्रि रकमको २० प्रतिशत रकम क्लोज आउटमा जाने र २० प्रतिशत रकम जरिवाना स्वरुप लगानीकर्ताको खाताबाट काटिने एशोशियसनले जनाएको छ ।

आइतबारदेखि कारोबारको राफसाफ तथा फछर्यौंट कारोबार भएको दिन बाहेक कार्य २ दिन भित्र हुने भएको हो । यो नियमअनुसार नेपाल धितोपत्र बोर्डमा कारोबार गर्दा लगानीकर्ताले आफुले बिक्रि गरेको धितोपत्रको राफसाफ तथा फछर्योंटको लागि ईडिआईएस जारी गर्दा टि प्लस १ अर्थात कारोबार भएको भोलिपल्ट जारी गरी सक्नुपर्नेछ ।

यदि ईडिआइस जारी गर्न नसक्ने लगानीकर्ताहरुले टि प्लस १ भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यमा बुझाउनु पर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्