Logo

लद्दाख क्षेत्रबाट चीनले सम्पूर्ण बल हटाउनु पर्ने भारतको माग



एजेन्सी, १२ माघ । चीनले पूर्वी लद्दाखबाट आफ्नो सम्पूर्ण शैनिक बल र गतिविधी न्युनीकरण गर्नुपर्ने माग भारतले पुनः एक पटक राखेको छ । आइतबार बसेको उच्च स्तरीय शैनिक बैठकमा भारतले उक्त क्षेत्रबाट आफ्ना सैनिकलाई पछि हटाउनु पर्ने माग चीन सामू राखेको हो ।

भारतले यस पटकको वार्तामा चीनलाई अन्तिम पटक आफ्नो शैनिक बललाई उक्त क्षेत्रबाट पछि हटाउन माग गरेको छ । विशेष गरी जहाँ अत्याधिक विवाद देखिएको छ त्यहाँ बाट हटाउनु पर्नेमा भारतको जोड थियो । नवौँ चरणको शैनिक वार्तामा चिनियाँ क्षेत्रमा भारतीय समय ११ बजे देखि सुरु भएको र वार्ता आज सोमबार करिब २ः३० बजे सम्म चल्ने जनाइएको छ ।

अहिलेसम्म कुनै प्रकारको आधिकारिक विशलेषण नभएको टाइम्स अफ इन्डियाले लेखेको छ । स्रोतको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेकोछ ,‘दूवै क्षेत्रमा दबाब उत्तिकै कायम भइरहँदा उक्त विषयको टुङ्गो लगाउने निकै गाह्रो छ । यसको वार्ता दूवै तर्फको राजनिती निकायबाट समेत हुनु पर्ने आवश्यक देखिएको छ ।’ भारतीय विज्ञ अनुसार ‘उक्त क्षेत्रबाट चीनले आफ्नो बललाई पछि हट्न अनुमति नदिन सक्छ । यपछि हटाउन चीनको मनशाय छैन् ।’ चीनले उक्त क्षेत्रमा आफ्नो नयाँ सडक विस्तार गरेको र थुप्रै लिंक रोड निर्माण गरेको छ जहाँ ठूला किसिमका एयर मिसाइलहरु राख्न सक्ने जनाइएको छ ।

चीनले लद्दाख दखि अरुणाचल प्रदेशसम्मको विभिन्न स्थानमा आफ्नो हेलिप्याड निर्माण गरिसकेको छ । वार्ताले दूवै पक्ष बीचको कर्वाहटलाई कम गरेको चिनियाँ विज्ञहरुले जनाएका छन् । कैलाश रेन्जबाट भारतले पूर्वी लद्दाखको क्षेत्रबाट दूवै तर्फले आफ्नो शैनिक गतिविधिलाई कम गर्नुपर्नेमा जोड दिइरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot