Logo

चीन–भारत सीमा क्षेत्रमा पुनः झडप, दुवै तर्फका सैनिकलाई क्षति



एजेन्सी १२ माघ। उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिकहरूबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । इन्डिया टुडेले सैन्य स्रोतलाई उद्धृत गर्दै झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको जनाएको हो ।चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको समाचारमा उल्लेख छ । अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको जनाईएको छ ।

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो। नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन।भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ(आफ्नो दाबी गरेपछि यी मुलुकको सीमा विवाद टुंगिन सकेको छैन। भारत र चीनबीच नबौ चरण को बार्ता भैरहेको छ। भारत सम्पूर्ण क्षेत्र चीन लाई आफ्नो सैनिक बल हटाउन माग गरिरहेको संचारमाध्यम मा उल्लेख छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot