Logo

वामदेवलाई भेटेपछि दिपक मनाङे सक्रिय



काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि उपाध्यक्ष वामदेव गौतम तटस्थ छन् । उनी एकता अभियान घोषणा गरेर संयोजक बसेका छन् । अभियानमा कमिटी नै बनाएर उनी अगाडि बढ्दैछन् ।

गौतमले सम्भवत १४ माघमा अभियानमा २५१ केन्द्रीय कमिटी र १५०१ को कमिटी घोषणा गर्न लागेका छन् । त्यस अघि उनले आफू निकटस्थ र एकता अभियानका पक्षधरसँग धमाधम भेटघाट गरिरहेका छन् ।

एकता अभियानमा निवर्तमान सांसद देखि प्रदेशसभा सांसदहरु पनि सक्रिय छन् । ती मध्ये मनाङ (ख) का प्रदेशसभा सांसद दिपक मनाङे अर्थात् राजीव गुरुङ पनि हुन् । उनले गौतमलाई भैंसेपाटीस्थित निवासमै भेटेर एकता अभियानबारे कुराकानी गरेका छन् । उनी अभियानको केन्द्रीय कमिटीमा रहने निश्चित भइसकेको बुझिएको छ ।

मनाङले एकता अभियानमा सक्रियता समेत देखाइसकेका छन् । उनले एकता अभियानमा शक्ति प्रदर्शनको जिम्मेवारी पनि पाएका छन् । ग्याङस्टरबाट राजनीतिमा प्रवेश गरेका मनाङे समर्थकहरु काठमाडौं र पोखरामा उल्लेख्य संख्यामा छन् । उनले तिनलाई अभियानमा सक्रिय बनाउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot