Logo

१७१ भायल कोभिड भ्याक्सिन तनहुँमा आइपुग्यो



तनहुँ, १३ माघ । कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो । सो खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीलाई आज हस्तान्तरण गरे ।

स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिए । उनका अनुसार एक भायलबाट दश जनालाई खोप लगाउन सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्