Logo

झाँक्रीले केपी ओलीलाई ज्ञानेन्द्रसँग तुलना गर्दै भनिन्–’राजतन्त्र नासिने बेला ज्ञानेन्द्र शक्तिपीठ धाएको याद आयो



काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभाकी सदस्य रामकुमारी झाँक्रीले राजतन्त्र नासिने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले नागरिक अभिनन्दन खाँदै देशभरिका शक्तिपिठ धाउँदै गरेकोसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शक्तिपिठ धाएकोलाई तुलना गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेकी छिन्–‘तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिदै थियो,ठिक त्यही बेला उनले “नागरीक अभिनन्दन” खादै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपिठ धाएको देखेर। उनको दिनगन्ति सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन।



प्रतिक्रिया दिनुहोस्