Logo

प्रहरीमाथि हातपात गर्ने पक्राउ



झापा, १३ माघ । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राई सोमबार दिउँसो पक्राउ परेका हुन् ।

ग.३ प ७१४० नम्बरको मोटरसाइकललाइ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राई र सोही ठाउँ बस्ने २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरेको पश्चात राईलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । घटनामा संलग्न फरार धुर्बे तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot