काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नागरिक समाजसँग क्षमा माग्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल टिव्टरमार्फत नेता कोइरालाले सरकारसमक्ष यस्तो आग्रह गरेका हुन्। उनले देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिकमाथि बर्बरता हुनु निन्दा र भत्र्सनाजन्य कार्य भएको टिप्पणी गरेका छन् । र, यसको जति निन्दा र भत्र्सना गरेपनि नपुग्नेपनि उनको भनाई छ ।
कोइरालाले यस्तो लेखेका छन्–‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन रहेका नागरिक समाज माथि वर्वरताको निन्दा र भत्सर्ना जति गरेपनि पुग्दैन।त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पुजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै। सरकार,नागरिक समाजसँग क्षमा माग।”