Logo

नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने



काठमाडौं, १३ माघ । नेपाल लाइफ इन्स्योरेन्सले शेयर आजसम्म होल्ड गर्नेलाई कम्पनीको ५१ प्रतिशत शेयर दिने भएको छ । आगामी माघ १८ गते हुने साधारण सभा तथा लाभांश प्रस्ताव गर्नको लागि बुधबार बुक क्लोज गर्ने इन्स्योरेन्सले जनाएको छ । मंगलबार शेयर खरिद गर्ने सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आगामी सभाले २० प्रतिशत नगद लाभांश तथा ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । उक्त सभाले कम्पनीको शेयरको मुल्य प्रतिशेयर १ सय रुपैयाँबाट घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित गर्ने योजना कम्पनीले राखेको छ ।



प्रतिक्रिया दिनुहोस्