Logo

निन्द्रामा मानिस किन हिड्छ



कोही मानिसहरु सुतिरहेको बेला उठ्ने, अन्यत्र ठाउमा गएर बस्ने र यताउता हिड्ने जस्ता अनौठा क्रियाकलापहरु गर्छन तर उनिहरुलाई थाहा हुँदैन । उनीहरु गहिरो निन्द्रामा परेका हुन्छन् । यस्तो असामान्य अवस्थालाई डाक्टरी भाषामा सोम्नाम्बुलिज्म भनिन्छ । यो सुतेको एक वा दुई घण्टापछि सुरु हुन्छ । निन्द्रामा हिड्ने बानी प्रायः जवानहरुमा भन्दा बढी केटाकेटीमा देखा पर्छ । यसो हुनुका कारणहरु यसप्रकार छनः–
१. तनाव भएमा
२. माइग्रेन
३. निन्द्राको समय नमिलेमा
४. निन्द्राको अभाव भएमा
५. अत्याधिक थकानको महसुस भएमा
६. वंशानुगत गुण
७. निन्द्रामा स्वास फेर्न नसकेमा
८. बिरामी भएको बेला वा ज्वरो आएको बेलामा
९. केही औषधीहरु जस्तैः निन्द्राको गोली
१०. टाउकोमा चोटपटक लागेको खण्डमा
११. निन्द्राको वातावरण परिवर्तन भएमा



प्रतिक्रिया दिनुहोस्